Ad Image

स्थानीय तहले जनताको हितमा काम गर्नुपर्छः नेता सिटौला

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Krishna_Prasad_Sitaula.jpg

मोरङ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणमा देखिएका समस्या समाधानमा संघीय सरकारलाई राष्ट्रियसभाले ध्यानाकर्षण गराउने बताएका छन् । 

संघीय संसद् राष्ट्रियसभा सचिवालय काठमाडौँद्वारा आज आयोजित राष्ट्रियसभाका सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्ष एवं उपाध्यक्षबीचको समन्वय बैठक एवं अन्तरक्रियामा उनले संघीय कार्यान्वयन गर्ने क्रममा केही समस्या देखिएकाले राष्ट्रियसभाको पूर्ण बैठकले यसबारे छलफल गरी निर्णय गर्ने बताए । 

पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले संविधानअनुसार तीन तहको सरकार निर्माण भएको र स्थानीय निकायले समग्र रूपमा जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले स्थानीय तहमा देखिएका समस्या, कानुन कार्यान्वयनलगायतका विषयमा प्राप्त सुझावलाई कार्यान्वयनतर्फ लग्ने विचार राखे । 

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का नेता गोपीबहादुर सार्की अछामीले कानुन निर्माणमा तीन तहको क्षेत्राधिकार र हालको अवस्था, प्रशासनिक सङ्घीयता र जनशक्ति व्यवस्थालगायतका विषयमा जानकारी लिनु कार्यक्रमको उद्देश्य रहेको बताए ।