२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय विष्ट पक्राउ


कैलाली । कैलालीमा एक महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एक वृद्धा पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर विष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विष्टले ती महिलालाई जवरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।