Loading...
Ad Image

सोताङ खोलाको पुलमा भ्वाङ पर्यो, पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द

User Image Mayorsap | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pul3.PNG

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेको छ । पुल निर्माण कार्य भइरहेको स्थानमा पुरानो पुल चर्केको र साइडमा भ्वाङ परेको हो । 

पुलमा भ्वाङ भएपछि अहिले आवागमन रोकिएको छ । सडक अवरुद्ध हुँदा अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी अलपत्र परेका छन् । 

डाइभर्सनको काम सुरु भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । सोताङ खोलामा नयाँ पुल निर्माणको काम भइरहेको छ । पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान गरिएको छ ।