सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु २०० र सोही परिमाणको चाँदी रु १० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ । त्यति नै परिमाणको चाँदीको मूल्य रु एक हजार ९९५ निर्धारण भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।