Ad Image

प्रतिनिधिसभाको बैठक सूचना टाँस गर्दै स्थगित

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB-KTM-4066A9806copy.jpg

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक सूचना टाँस गर्दै स्थगित गरिएको छ । बैठक अब भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ । सरकारले भोली आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

संसदमा जारी अवरोध भने कायमै छ । प्रमुख विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको संलग्नतामाथि आशंका व्यक्त गर्दै उनीहरूले छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएका छन् ।

सरकार बजेट प्रस्तुतिको तयारीमा जुटिरहेको बेला संसदमा अवरोध कायमै रहेकाले भोलिको बैठकमा समेत तनाव देखिन सक्ने अनुमान गरिएको छ ।