Ad Image

हिंसात्मक योजना छैन, दमन भए प्रतिरोध गर्छौं : राजेन्द्र लिङ्देन

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rajendra ling.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिको राजावादी प्रदर्शनमा एमाले कार्यकर्ताले अवरोध गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा उनले कार्यक्रम शान्तिपूर्ण हुने स्पष्ट पार्दै, सम्भावित घुसपैठ र हिंसात्मक प्रयासविरुद्ध कार्यकर्तालाई सतर्क रहन निर्देशन दिए ।

लिङ्देनले सरकारबाट दमन भए वा प्रधानमन्त्री ओलीले भनेजस्तै काठमाडौं कब्जा गर्ने शैलीमा अवरोध प्रयास भयो भने त्यसबेला प्रतिकार अपरिहार्य हुने बताए ।

तर, आन्दोलनलाई हिंसात्मक बनाउने कुनै योजना नरहेको उनले दोहोर्‍याए ।