Ad Image

गृहमन्त्री लेखकको प्रष्टोक्ति: भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/lekhak.jpg

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएकोप्रति गृहमन्त्री रमेश लेखकले आपत्ति जनाएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई बदनाम गर्न नियोजित रूपमा प्रचार गरिएको दाबी गरे ।

“यो विषयमा मेरो कुनै संलग्नता छैन,” गृहमन्त्री लेखकले स्पष्ट पार्दै भने, “ममाथि गरिएको आक्रमण असत्य, बेठिक र राजनीतिक पूर्वाग्रहले प्रेरित छ।” उनले भिजिट भिसा सम्बन्धी विवाद आफूविरुद्धको षड्यन्त्रको हिस्सा भएको दाबी गरे ।

अध्यागमन विभागमा सरुवा भएका तीर्थराज भट्टराईबारे स्पष्ट पार्दै गृहमन्त्री लेखकले उनी आफ्नो सिफारिसमा सरुवा नभएको बताए । “म मन्त्रालयमा आउँदासम्म उहाँ गृह मन्त्रालयकै कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको भूमिकामा कार्यरत हुनुहुन्थ्यो,” उनले भने ।