Ad Image

पूर्वसांसद अफताब आलमले उच्च अदालतबाट पाए सफाइ

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Aftab-alam____.jpg

काठमाडौं । बम विस्फोट र जिउँदै जलाएर हत्या गरेको आरोप खेप्दै आएका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन् ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम विस्फोटपछि घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । तर, उच्च अदालत वीरगञ्जले उनलाई उक्त आरोपबाट सफाइ दिएको हो ।

घटनाको १२ वर्षपछि आलमलाई २०७६ असोज १९ मा पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनीमाथि बम बनाउने र घाइतेलाई साक्षी बन्न नदिन जलाएर मारेको आरोप लागेको थियो ।

तर, प्रारम्भिक अनुसन्धानमा प्रहरी तथा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरेका थिए ।