Ad Image

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbchha adalat.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अन्तरिम आदेशसम्बन्धी निर्णय अघि दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो ।

यसअघि मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार अनिवार्य योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको दाबी गरिएको छ । सिफारिसदेखि शपथसम्मको प्रक्रिया गैरकानुनी भएको जिकिर गर्दै गभर्नर नियुक्ति बदर गर्न माग गरिएको छ ।