आज काठमाडौंमा एमाले र राजावादीले प्रदर्शन गर्दै


काठमाडौं । सत्तारूढ नेकपा एमाले र राजावादी समूहले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । एमालेको प्रदर्शन बिहान १० बजेदेखि सुरु हुनेछ भने राजावादीको २ बजेपछि सुरु हुनेछ । एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन् । राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण यस पटक सुरक्षा व्यवस्थामाथि चासो बढेको छ ।