सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्दै, ११ बजेका लागि बोलाए बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएका हुन् ।
छलफलमा सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे कुराकानी हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
सभामुख घिमिरेले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्।