Ad Image

नारायणी नदीको टापुमा फसेका २२ जनाको सकुशल उद्धार

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/narayani.jpg

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित शिवघाटमा नारायणी नदीको टापुमा फसेका २२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नदीमा अस्थायी बाँध बनाई गिट्टी–बालुवा संकलन गरिरहेका बेला बाँध फुटेपछि ती व्यक्ति नदीको बीच भागमा फसेका थिए ।

घटनाको जानकारीसँगै सशस्त्र प्रहरी बलको १७ नम्बर गण, चितवनबाट निरीक्षक चामनारायण महतोको नेतृत्वमा गोताखोरसहितको टोली खटिएको थियो। उद्धार टोलीले बोटको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको हो ।

उक्त घटनामा प्रयोगमा ल्याइएको एक टिपर भने बाँध भत्किएको स्थानमा डुबेको प्रहरीले जनाएको छ ।