Ad Image

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sudur pradesh sava.jpg

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि बुधबार राति ११ बजेसम्म बसेको मन्त्रिपरिषद् बैठकमा मस्यौदामा संशोधन आवश्यक परेपछि स्वीकृति दिइएन ।

मुख्यमन्त्री कमलबहादुर शाहले आजै फेरि मन्त्रिपरिषद् बैठक डाकेपछि नीति तथा कार्यक्रमलाई स्वीकृत गरी प्रदेश सभामा पेश गरिनेछ ।