महाकाली नदीले भत्किएको बाँध पुनः निर्माण गरिँदै


कञ्चनपुर । गत वर्ष बाढीले क्षति पुर्याएको महाकाली चार लेन पुलको गाइडबन्ड (बाँध) पुनर्निर्माणको काम नेपाली सेनाले सुरु गरेको छ ।
भदौमा आएको बाढीले २ सय मिटर बाँध भत्काएपछि नदी बस्ती तर्फ मोडिँदा पुल, पहुँच मार्ग र बस्ती जोखिममा परेका थिए ।
सरकारले जेठ ६ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत उक्त क्षेत्रलाई विपत् संकटग्रस्त घोषणा गर्दै नेपाली सेनालाई जिम्मेवारी दिएको हो ।
सेनाले अहिले भत्किएको २६५ मिटर गाइडबन्ड र २६ सय मिटर नदी च्यानलाइजेसनको काम सुरु गरेको छ । पहिलो चरणमा २०० जनशक्ति खटाइएको छ भने दोस्रो चरणमा थप जनशक्ति परिचालन हुनेछ ।
सेनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गर्दै नदीजन्य पदार्थ व्यवस्थापनको कामसमेत गरिरहेको छ ।