मन्त्रालयगत बजेट : कसको बढ्यो, कसको घट्यो ?


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको कुल आकार सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा केही मन्त्रालयको बजेटमा उल्लेख्य वृद्धि गरिएको छ भने केहीको बजेटमा कटौती भएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा शिक्षा, गृह, खेलकुद, सञ्चार,रक्षा र स्वास्थ्यजस्ता क्षेत्रको बजेट बढाइएको छ भने श्रम, अर्थ तथा पुनः निर्माण क्षेत्रको बजेट घटाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चालु आर्थिक वर्षमा ५ अर्ब ५९ करोड बजेट विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि ६ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ९० करोडले वृद्धि भएको छ ।
बजेट बढेका मन्त्रालयहरू
रक्षा मन्त्रालयमा चालु आर्थिक वर्षमा ५९ अर्ब ८७ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ६२ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २ अर्ब १४ करोडले वृद्धि भएको छ ।
गृह मन्त्रालयमा चालु आर्थिक वर्षमा १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि २ खर्ब ८ अर्ब ६२ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ९ अर्ब ३८ करोडले वृद्धि भएको छ ।
परराष्ट्र मन्त्रालयमा चालु आर्थिक वर्षमा ६ अर्ब ७७ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ७ अर्ब ८४ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा १ अर्ब ७ करोडले वृद्धि भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चालु आर्थिक वर्षमा ९ अर्ब १७ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ११ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २ अर्ब ७१ करोडले वृद्धि भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा चालु आर्थिक वर्षमा ५७ अर्ब २९ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा १९ करोडले वृद्धि भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा चालु आर्थिक वर्षमा ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २ अर्ब ५८ करोडले वृद्धि भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चालु आर्थिक वर्षमा ७ अर्ब ३५ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ३७ करोडले वृद्धि भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चालु आर्थिक वर्षमा ११ अर्ब ९१ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा १ अर्ब ३७ करोडले वृद्धि भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चालु आर्थिक वर्षमा ९ अर्ब २८ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि १० अर्ब १४ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ८६ करोडले वृद्धि भएको छ ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा चालु आर्थिक वर्षमा ६ अर्ब ८२ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ६७ करोडले वृद्धि भएको छ ।
वन तथा वातावरण मन्त्रालयमा चालु आर्थिक वर्षमा १५ अर्ब ७० करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २ अर्ब ९१ करोडले वृद्धि भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चालु आर्थिक वर्षमा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि २ खर्ब ११ अर्ब १६ कराेड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ७ अर्ब ५० करोडले वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ८६ अर्ब २४ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ९ अर्ब ५७ करोडले वृद्धि भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा चालु आर्थिक वर्षमा १ अर्ब ६० करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ४८ करोडले वृद्धि भएको छ ।
शहरी विकास मन्त्रालयमा चालु आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २५ अर्ब ७१ करोडले वृद्धि भएको छ ।
खानेपानी मन्त्रालयमा चालु आर्थिक वर्षमा २६ अर्ब ६३ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ७ अर्ब २६ करोडले वृद्धि भएको छ ।
बजेट घटेका मन्त्रालयहरू
अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षमा २ खर्ब २२ अर्ब ८६ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ४९ अर्ब ९० करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९५ करोडले घटेको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा चालु आर्थिक वर्षमा ५ ४ करोड ५३ लाख बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ५३ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ९७ लाखले घटेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा चालु आर्थिक वर्षमा ८ अर्ब १० करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ३ अर्ब ८२ करोडले घटेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चालु आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा २ अर्ब ५३ करोडले घटेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा चालु आर्थिक वर्षमा ८७ अर्ब ५५ करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि ८६ अर्ब बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा १ अर्ब ५५ करोडले घटेको छ ।
विपद् पछिको पुनः निर्माणमा चालु आर्थिक वर्षमा २१ अर्ब ६० करोड बजेट विनियोजन भएको थियो भने आगामी आर्थिक वर्षका लागि १८ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ३ अर्ब १० करोडले घटेको छ ।