Ad Image

चितवनका ‘रोटरियन’को पहलमा बाजुराको डाँडीपाटामा पुग्यो खानेपानी

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pani.jpeg

चितवन । चितवनका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्याउन पहल गरेको छन् । चितवनका रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाँडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो ।
 
चितवनदेखि ८ सय ५० किलोमिटर टाढा पुगेर रोटरीका अभियन्ताहरूले बाजुराको गौमूल गाउँपालिका–६ मा पर्ने विपन्न बस्ती डाँडीपाटामा सामाजिक काम थालेका हुन् । 

रोटरी क्लब अफ रत्ननगरले रोटरी क्लब अफ होनोलुलु सनसेट अमेरिका तथा अमेरिकाका अन्य केही क्लबहरूबाट सहयोग जुटाएर खानेपानी र सिँचाइको काम थालेको क्लबका सम्पर्क व्यक्ति जनक पौडेलले जानकारी दिए । 

उनका अनुसार रु ६५ लाखको लागतमा खानेपानी वितरणसँगै सिँचाइको व्यवस्था गर्न लागिएको छ । उक्त गाउँमा ३८ घरधुरी रहेका छन् । सोही ठाउँमा रहेको सामुदायिक विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत  छन् ।
 
क्लबका अध्यक्ष वीरञ्जना सापकोटाका अनुसार बस्तीभन्दा करीब १ सय ५० मिटर तलबाट बूढीगङ्गाको पानीलाई लिफ्ट प्रणालीबाट करिब ८०० मिटर उचाइसम्म पुर्याउने र ‘रिजर्भ ट्याङक’ सङ्कलन गरी त्यहीबाट वितरण गरिने छ ।
 
चितवनका रोटरियनहरूले ग्लोबल ग्रान्टबाट ग्रामीण क्षेत्रमा यो आयोजना अघि बढाएका हुन् । परियोजनाको संयोजन गरेका इन्जिनियर गुणेश्वर महतोका अनुसार अफ्ठ्यारो भूगोलमा भएकाले काम गर्न केही समय लाग्ने छ । बाजुराका उपभोक्ताहरूले रु ५ लाख बराबरको श्रमदान गरिरहेका छन् ।
 
परियोजनाले ३८ परिवार र विद्यालयमा स्वच्छ पिउने पानी उपलब्ध गराउनुका साथै पशुपालन तथा सिँचाइमा सहयोग पुग्ने इन्जिनियर महतोले बताए ।