Ad Image

भोलिदेखि असार २४ गतेसम्म दरबारमार्ग निषेधित क्षेत्र घोषणा

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/darbar.PNG

काठमाडौं । काठमाडौंको दरबारमार्गलाई भोलिदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि दरबारमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यसैगरी महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । 

कार्यालयले जारी गरेको सूचनामा यी क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला भएर धर्ना, जुलुस, प्रदर्शन, घेराउ, अनसन लगायतका गतिविधि गर्न नपाउने उल्लेख गरिएको छ ।