Loading...
Ad Image

धनकुटामा लेउती खोलाले सडक बगाउँदा कोशी लोकमार्ग अवरुद्ध

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/badhi-pahiro.jpeg

काठमाडौं । अविरल वर्षाका कारण धरान –धनकुटा सडक अवरुद्ध भएको छ । आज बिहान लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।

लेउती खोलाको बाढीले सडक कटान गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बाढीले करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ 

यसैगरी सोही सडकको नमस्ते झरनाको छेउमा माथिबाट खसेको पहिरोले पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ।  प्रहरी र नेपाली सेनाको टोलीबाट अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।