Loading...
Ad Image

अन्नपूर्ण हिमाल आरोहणको वार्षिकोत्सवमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/annapurna_gaupalika.jpg

पोखरा ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी जेठ २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सवको अवसरमा  पालिकाले सार्वजनिक बिदा दिएको हो । 

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालले सन् १९५० जुन ३ ९२००७ साल जेठ २०० मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए । उक्त ऐतिहासिक दिनको सम्झनामा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।