Loading...
Ad Image

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news859890..jpg

काठमाडौं। हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको चासो छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको छ।

‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्टको रिलिज मिति देखि फिल्मको अर्को भागसम्मको कथाका केही महत्वपूर्ण अंशहरु सार्वजनिक भएका छन् । फिल्ममा खलनायकको बन्ने भन्ने पनि बताइएको छ ।

अहिलेसम्म जेम्स क्यामरुनको अवतार श्रृंखलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइएको छ। मानिसलाई उपनिवेशकर्ता वा कब्जा गर्ने खलनायकको रूपमा देखाइएका थिए। तर, अब यसको कथा ‘अवतारः फायर एन्ड ऐश’ मा परिवर्तन हुँदैछ ।

निर्देशक जेम्स क्यामरुनले अवतार फिल्म श्रृंखलाको अर्को भागले पान्डोरा चन्द्रमामा सुली परिवारका लागि नयाँ चुनौती ल्याउने बताए। वाल्ट डिज्नीले बिहीवार अर्थात् ३ अप्रिलमा यस फिल्मको पहिलो झलक पनि देखाएको छ ।

‘अवतारः फायर एण्ड ऐश’ ले निलो नाइ जनताको कथालाई निरन्तरता दिनेछ र फिल्म रिलिज भएपछि दर्शकलाई चकित पार्न सक्ने केही कुरा अगाडि देखाइने छ । साम वर्थिङ्टनले जेक सुलीको भूमिका निभाएका छन् भने साल्दानाले उनकी श्रीमती नेतिरीको भूमिका निर्वाह गरेकी छन् ।

निर्देशकले लस भेगासमा भएको सिनेमा कन कार्यक्रममा भिडियोमार्फत सबै जानकारी दिएका हुन् ।