Loading...
Ad Image

अमानवीय बनाउँदैछ, पीडितचेत संस्कृतिले

User Image बद्री प्रकाश ओझा | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/BADRI 3.jpg

कांग्रेस नेता डा.शेखर कोइरालाको एउटा अन्तरवार्ता सुन्ने अवसर प्राप्त भयो । उनले भने, केही महत्वपूर्ण प्रश्नहरु जस्तै धर्म, शासन पद्दती जस्ता विषयलाई जनमत संग्रहबाट टुग्याउँनुपर्दछ । 

म पनि यसै लाइनको मान्छे भएकाले लामो समयदेखि क्लब हाउसमा यसै लाइनमा अडिग छु । यस विषयमा अडिग रहँदा बोलिएका एक दुई शब्दलाई लिएर छोटामोटा बदनामी पनि सहेको छु । 
कसैले पशु भने, कसैले जिब्रो थुत्नुपर्छ भने, कसैले बोलेका कुरा आफन्तहरुसम्म पुर्याए । सहियो, ‘उही दिमाग अपनाअपना’ भने झैं गरी । 

जनमत संग्रहको कुरो गर्दा अमेरिका बस्ने एकजना डाक्टर साहेबले त ‘गुहु खान पाउँ भनेर जनमत संग्रह गर्नुपर्छ र ?’ भन्ने प्रश्न पनि गरे । यो पनि ‘उही दिमाग अपना–अपना’ नै मानियो । 
सत्य कुरो सत्य नै हुन्छ ।

अध्येताहरुका अनुसार पीडितचेत संस्कृति अथवा ‘भिक्टिमहुड कल्चर’ भन्नाले यस्तो नैतिक संस्कृतिलाई जनाइन्छ, जहाँ मानिसहरूले आफ्नो क्षमतामार्फत हैसियत प्राप्त गर्नुको साटो आफूलाई पीडितको रूपमा प्रस्तुत गरेर सामाजिक मान्यता र हैसियत प्राप्त गर्दछन् । यो संस्कृति विशेषगरी त्यस्तो परिवेशमा फस्टाउँछ, जहाँ सूक्ष्म आक्रमणहरू, पहिचानमा आधारित राजनीति र सार्वजनिक गुनासाहरूलाई सामाजिक अन्तरक्रियाको केन्दमा राखिन्छ । 

सामाजिक न्यायका अभियन्ताहरुले यस विषयमा ठण्डा दिमागले सोच्नुपर्दछ । आधुनिक समाजमा आफूलाई पीडितका रुपमा प्रस्तुत गरेर सामाजिक हैसियत प्राप्त गर्ने प्रवृत्तिले जोकोहीलाई पनि माथि होइन तल झार्दछ । हुन त, यसो गर्नाले दूधभातको जोहो होला । यस किसिमको सोचलाई ‘पीडितचेत संस्कृति’ भनिन्छ । 

अध्येताहरुका अनुसार पीडितचेत संस्कृति अथवा ‘भिक्टिमहुड कल्चर’ भन्नाले यस्तो नैतिक संस्कृतिलाई जनाइन्छ, जहाँ मानिसहरूले आफ्नो क्षमतामार्फत हैसियत प्राप्त गर्नुको साटो आफूलाई पीडितको रूपमा प्रस्तुत गरेर सामाजिक मान्यता र हैसियत प्राप्त गर्दछन् । यो संस्कृति विशेषगरी त्यस्तो परिवेशमा फस्टाउँछ, जहाँ सूक्ष्म आक्रमणहरू, पहिचानमा आधारित राजनीति र सार्वजनिक गुनासाहरूलाई सामाजिक अन्तरक्रियाको केन्दमा राखिन्छ । 

हाम्रो शन्दर्भमा हेर्ने हो भने दलितसँग जोडेर उखान टुक्का तयार पारेको विषय, महिलालाई जोडेर विकास गरिएका होच्याउने पदावलीहरु, बडी सेमिङ, अंगका वर्णन आदिका विषयलाई पीडितचेतले समात्छ । खासगरी महिला अधिकारकर्मी त्यसमा पतिसँग पारपाचुके गरेको दशकौंसम्म पूर्वपतिकै थरबाट पहिचान बनाएका अधिकारकर्मीहरु यस्तो विषय समातेर समाजमा स्थापित बनेका छन् । अझ उनीहरुले यस्ता विषय उछालेर दूधभातको जोहो गरेका छन् । यस्ता पात्रहरु ‘भिक्टिमहुड कल्चर’को वैशाखीमा उभिएर टाउकोमा ‘सनग्लास’ अड्याएर विदशी चालढालमा साथीसंगीहरुसँग चाप्पचुप्प गरेको प्रशस्त देखिन्छ । 

कतिपय मुद्दामा त अदालतले गरेको फैसलामा समेत लैंगिक विभेद देख्ने सनग्लासवालाहरु वरपिपल, तुलसी, पलाँस जस्ता विम्व प्रयोग गरेर समाजमा न्यायको खोजी गरिहरेका भेटिन्छन् । उनीहरुको ह्विलचेयर पनि भिक्टिमहुड कल्चरबाट ग्रसित पाइन्छ । 

आफूलाई तोकिएको जिम्मेवारीबाट भाग्ने, अरुलाई दोष थोपर्ने र निर्णय क्षमताको कमी पीडित मानसिक संस्कृतिका अंग हुन् । यस्ता मानिसले आफ्नो जिम्मेवारी समयमै पूरा गर्न नसकेपछि अनेक बहानाबाजी गरेर जिम्मेवारीबाट पन्छिने र आफैंले आफैंलाई पीडित घोषणा गरी लाभ लिन खोज्छन् । 

यस विषयमा विश्वभर विभिन्न अनुसन्धान भएका छन् । इजरायलस्थित तेलअबिब विश्वविद्यालयका प्राध्यापक राहब गबयका अनुसार, काम गर्न नसक्नेको काइदा हो, पीडित संस्कृति । उनी भन्छन्, ‘यसले मानिसलाई व्यक्तिगत गुणबाट विमूख पारी स्टन्टबाज बनाउँछ ।’

अध्ययनहरुले के देखाएका छन् भने, पीडित मानसिकताको विकासले मानिसलाई गम्भीर र रचनात्मक विषयहरूबाट ध्यान अन्यत्र कन्द्रीत पार्दछ । 

अश्वेत अमेरिकी राजनीतिक टिप्पणीकार क्यान्डेस ओवेन्सले भनेकी छिन्, ‘पीडित मानसिकताको संस्कृतिलाई प्रवद्र्धन गर्नु आफैंमा एक प्रकारको विशेषाधिकार दाबी गर्नु हो ।’ उनी अझ अगाडि बढेर भन्छिन्, “साँचो अर्थमा अन्याय बढेका बेला कसैले लिंगका आधारमा प्रयोग गरिने सर्वनाम वा सूक्ष्म आक्रमणबारे बहस गर्दैन। द्वन्द्वको अवधीमा कसैले सरकारसँग हतियार खोस्न आग्रह पनि गर्दैन।”

सन् २०१८ मा अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयका समाजशास्त्रका प्राध्यापक डा.ब्राडली क्यामबेल तथा कर्नेल विश्व विद्यालयका प्राध्यापक डा. ज्यासन म्यानिङले संयुक्त रुपमा अध्ययन गरेका छन् । 

उनीहरुको पुस्तक द राइज अफ भिक्टिमहुड कल्चरः माइक्रोएग्रेसनस, सेफ स्पेसेस एन्ड द न्यू कल्चर वर्समा उनीहरुको तर्क छः गरिमामय  संस्कृति जसले सहनशीलता र दृढ इच्छा शक्ति बढाउछ, यसबाट समाज विमूख भई पीडित मानसिकतायुक्त संस्कृतितिर रुपान्तरण हुँदैछ । यस्तो अवस्थामा मानिसहरुले आफूलाई हानी पुगेको दाबी गरी तेस्रो पक्ष, जस्तै सामाजिक संघ संस्थाहरू, सञ्चार माध्यम वा सामाजिक सञ्जाल आदिमार्फत स्टन्ट गरेर लोकप्रियता बटुल्छन् । 

वैयक्तिक अधिकारका अभियन्ता जर्ज युकियानोफ र न्युयोर्क विश्वविद्यालयका प्राध्यापक जोनाथन हाइडीले लेखेको अनुसन्धनात्मक लेख, द एटलान्टिक जर्नलमा, सन् २०१५ मा प्रकाशित भयो । यस लेखमा लेखकद्यले अमेरिकी विश्व विद्यालयहरुमा युवाहरुको अल्छिपन र निहुँ खोजाहा प्रवृत्ति बढेको उल्लेख गरेका छन् । उनीहरुका अनुसार आफ्ना छोराछारीलाई अनावश्यक रुपमा टाउकोमा टेकाउने अविभावहरु एक समयमा पुगेर पछुताएका छन् । 

‘युवाहरूलाई असहजता वा अप्ठ्यारोबाट अनावश्यक रुपमा जोगाउँदा उनीहरुमा विकास हुनुपर्ने गुण सहनशीलता र खुला संवाद आदिको साटोमा उनीहरूमा कमजोरी, चिन्ता, र पीडित केन्द्रित सोचलाई बढावा दिन्छ’, लेखकद्यको तर्क छ ।

बेल्जियमको लुभेन विश्व विद्यालयका तीन अनुसन्धाकर्ताहरु अल्बा ज्यासिनी, एलेन डेलभक्स, बटिया मसकिटाले, इजरायल र प्यालेस्टिन तथा बोस्निा हर्जगोभिना आदि युद्धग्रस्त क्षेत्रमा बसोबास गर्ने भाषिक समूहहरुमा हुने सामूहिक पीडित मानसिकतबारे लामो अध्ययन गरेका छन् । 

यही लुभेन आसपास कुनै देशमा बसोबास गर्दैआएकी नेपाली मुलकी नर्डिक नागरिकले मलाई नेपालबाट लगातार चार वर्षदेखि यौन हिंसाको प्रयास गरेको अभियोग लगाइन् । यसले मेरो परिवारमा खासगरी आफन्तहरु निकै तर्से । एक दुई छद्मनामाधारीले त बाटो ढुक्ने धम्की पनि दिए । तर समस्याको समाधान पनि हुँदो रहेछ । बेलायततिर बसेका अर्का नेपाली साथीले दह्रो साथ दिए र म कुटिनबाट बचें । 

यो सबै कुरो नजिकबाट नियालेकी मेरो पत्नीले शंका नगरेकै कारण मेरो परिवार बँच्यो । नत्र यतिबेला मेरो दूधे बच्चा एकल अविभावकको मायामा हुर्किन बाध्य हुन्थ्यो । 

लुभेनका अध्येताहरुका अनुसार सामूहिक रुपमा पीडित मानसिकतामा बाँचेकाहरु आफ्नो समूहलाई अर्को समूहले जानाजान वा अन्जान रुपमै भए पनि हानी पुर्याएको बुझाइ राख्छन् । 

उनीहरुको अध्ययनले भाषिक समूहहरूमा सामूहिक पीडित मानसिकता व्याप्त रहेकाले आफ्नो समूहप्रति आत्मीय सम्बन्ध बढाउने संकेत जस्तै सहानुभूति, सम्मान आदि व्यक्त गरिएको पाइएको थियो भने अन्य भाषिक समूहप्रति दूरी बढाउने भावना जस्तै क्रोध घृणा आदि व्यक्त भएको पाइएको थियो । 

आत्मीय अन्तरसामूहिक भावनाका कारण मानिस अन्य भाषिक समूहलाई बहिष्कार गर्ने र बदला लिने प्रवृत्तिसँग जोडेको उनीहरुको अध्ययनले देखाएको छ । यस्तो अवस्थामा प्यालेस्टिनी बालबालिकाप्रति इजरायलीहरु अनुदार देखिएका थिए भने इजरायली अशक्तहरुसँग पनि प्यालेस्टिनीहरु अनुदार देखिएका थिए । 

यसबाट त्यस्ता भाषिक समूहहरुमा बाह्य सम्पर्क गर्ने गुणमा ह्रास आएको अध्ययनले देखाएको छ । अझै महत्वपूर्ण कुरा के छ भने, ती भाषिक समूहका सदस्यहरू जसले आफ्नो पहिचानलाई अत्यधिक महत्व दिन्छन् र सामूहिक पीडितको अनुभूति गर्दछन् । उनीहरु समाजका अन्य सदस्यको तुलनामा बढी अमानवीय देखिए । पीडित भनिनेहरुमा आत्मीय भावना र अरुसँग घुलमिल हुने गुणमा पनि ह्रास आएको अध्ययनमा पाइएको छ ।

आउनुहोस् यी माथिका अध्येताहरुको निष्कर्षलाई जस्ताको तस्तै तुलना गरौं ।

पीडितचेतनाकासकारात्मकप्रभावहरू

 

पीडित चेतनाका नकारात्मक प्रभावहरू

 

असमानता र अन्यायप्रति चेतना अभिवृद्धि

पीडितका अनुभवहरू उजागर गर्नुले जातीय विभेद, लैंगिक हिंसा, जातप्रथा, वा आर्थिक अन्याय जस्ता गहिरा समस्या बाहिर ल्याउन सहयोग गर्छ।

पीडित पहिचानमै सीमित हुने खतरा

जब व्यक्तिले आफूलाई सधैं पीडितको रूपमा मात्र हेर्छ, उसमा आत्मबल र आत्मनिर्भरता घट्न सक्छ, र जिम्मेवारीबाट टाढा रहन सक्छ।

 

वञ्चित समूहहरूको सशक्तिकरण

पीडितको पहिचान दिँदा समाजमा दबिएका वर्गहरूलाई आवाज दिन्छ र उनीहरूको अनुभवलाई मान्यता दिन्छ।

 

नैतिक श्रेष्ठता र दोषारोपण प्रवृत्ति

पीडित बन्ने प्रवृत्तिले अरूलाई सधैं दोषी ठान्ने संस्कार जन्माउन सक्छ, जसले समाजमा विभाजन र घृणा फैलाउँछ।

 

सामाजिक आन्दोलन र नीतिगत सुधारहरूमा योगदान

दलित आन्दोलन, #MeToo, वा नागरिक अधिकार आन्दोलन जस्ता अभियानहरू पीडित कथाबाट उत्पन्न हुन्छन् र सामाजिक तथा कानुनी सुधार ल्याउन प्रेरित गर्छन्।

राजनीतिक दुरुपयोग (Victimhood Politics)

केही नेताहरू वा समूहहरूले अनावश्यक पीडितको कहानी बनाएर सहानुभूति वा समर्थन बटुल्न सक्छन्।

 

समवेदना र ऐक्यबद्धता प्रवर्द्धन

पीडाको कहानी साँचो रूपमा साझा गर्दा समाजमा सहानुभूति, समझदारी र सहकार्य बढ्छ।

 

सामाजिक ध्रुवीकरण

फरक–फरक समुदायबीच प्रतिस्पर्धात्मक पीडितताको भावना आउँदा पहिचानको झगडा र द्वन्द्व पैदा हुन सक्छ।

पीडाको मान्यता मार्फत उपचार र मेलमिलाप

जब समाज वा राज्यले कसैको पीडा स्वीकार्छ, त्यसले मानसिक उपचार र सामाजिक मेलमिलापमा सहयोग पुर्‍याउँछ।

 

संवादमा अवरोध

जब कुनै कुरा बोल्नासाथ पीडाको अपमान ठानिन्छ भने खुला र इमानदार संवाद असम्भव हुन्छ।

 

घाउ चिरिरहने प्रवृत्ति (Trauma Loop)

पीडालाई बारम्बार स्मरण गर्दा, उपचार होइन, पुरानै घाउ झन गहिरो हुन सक्छ।