Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिन्धुलीमा ३२ प्रतिशत मतदान

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १३:५१
Image of https://mayorsap.com/storage/photos/shares/election-logo-2082.jpg

सिन्धुली । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानमा सिन्धुली जिल्लामा हालसम्म करिब ३२ प्रतिशत मत खसेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हालसम्म ६५ हजार ३१२ मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन्। सहभागी मतदातामध्ये ३४ हजार ९४८ महिला र ३० हजार ३६४ पुरुष रहेका छन्।

एसपी सुवेदीले अहिलेसम्म कुल मतदाताको करिब ३२ प्रतिशतले मतदान गरिसकेको जानकारी दिँदै मतदान शान्तिपूर्ण रूपमा जारी रहेको बताए। उनका अनुसार मतदाताले उत्साहका साथ मतदानमा सहभागिता जनाइरहेका छन्।


Facebook Comments