छिन्नमस्ता गाउँपालिकामा ‘मेयरसँग युवा’ कार्यक्रम सुरु

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले युवाहरूलाई विदेश जानबाट रोक्दै गाउँमै काम गर्न प्रेरित गर्न ‘मेयरसँग युवा’ कार्यक्रम सुरु गरिएको बताए।

No Author Assigned | २०८१ भदौ २ गते ०९:०९
Image of storage/news/1723963464.jpg

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले युवाहरूलाई स्वरोजगार र समाजसँग जोड्न ‘मेयरसँग युवा’ कार्यक्रम सुरु गरेको छ। ४२ डिग्री तापक्रममा पसिना पुछ्दै भेला भएका युवाहरूले उत्साहपूर्वक कार्यक्रममा भाग लिएका थिए।

 

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले युवाहरूलाई विदेश जानबाट रोक्दै गाउँमै काम गर्न प्रेरित गर्न ‘मेयरसँग युवा’ कार्यक्रम सुरु गरिएको बताए। कार्यक्रमले युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने, सस्तो व्याजमा ऋण दिलाउन सहजीकरण गर्ने, र उनीहरूको उत्पादनलाई स्थानीय बजारसम्म पुर्‍याउने योजना छ।

 

पालिकाले ३०१ सदस्यीय युवा सञ्जाल गठन गरेको छ, जसले वडास्तरमा युवाका समस्याहरू समाधान गर्न काम गर्नेछ। कार्यक्रमको पहिलो चरणमा, एक हजार युवाले ब्लड डोनेशन कार्यक्रम आयोजना गर्दैछन्।

 

अध्यक्ष चौधरीले युवाहरूलाई रोजगारी सिर्जना गरेर गाउँलाई समृद्ध बनाउन यो अभियान निरन्तर चल्ने बताए। 


Facebook Comments