७ कक्षाका छात्रालाई प्रअले यौन दुर्व्यवहार गरेपछि विद्यार्थीले गरे आन्दोलन
महोत्तरी जिल्ला प्रशासन कार्यालयअघि तनावग्रस्त , ठूलो सङ्ख्यामा प्रहरी परिचालन
मेयरसाप डेस्क
|
२०८१ पुष १४ गते ०३:१३
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ मा अवस्थित श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।
प्रअ झामाथि कानुनी कारबाहीको माग राख्दै उनीहरुले आन्दोलन गरेका हुन्।
प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुर्व्यवहार गरेको खुलेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब दिएका छन् ।
यतिबेला जिल्ला प्रशासन कार्यालयअघि तनावग्रस्त अवस्था रहेको छ । जिल्ला प्रशासन कार्यालयमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
Facebook Comments