राजपुर गाउँपालिकाले पदच्युत प्रधानाध्यापक विष्णु खत्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्यो
खत्रीले आफ्नो फेसबुकमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतका कर्मचारीहरूलाई गालीगलौज गरेको र पदभार गर्ने क्रममा निमित्त प्रधानाध्यापकलाई कुर्सीबाट लतार्ने जस्ता अनैतिक क्रियाकलापमा संलग्न देखिएपछि स्पष्टीकरण सोधिएको हो।
No Author Assigned | २०८१ भदौ २ गते २३:१५
दाङको राजपुर गाउँपालिका वडा ७ स्थित मावि सिक्टाका पदच्युत प्रधानाध्यापक विष्णु खत्रीलाई गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण मागेको छ।
खत्रीले आफ्नो फेसबुकमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायतका कर्मचारीहरूलाई गालीगलौज गरेको र पदभार गर्ने क्रममा निमित्त प्रधानाध्यापकलाई कुर्सीबाट लतार्ने जस्ता अनैतिक क्रियाकलापमा संलग्न देखिएपछि स्पष्टीकरण सोधिएको हो।
स्पष्टीकरणमा खत्रीलाई शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १० अनुसार २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न भनिएको छ। शिक्षा शाखा प्रमुख केशव लम्सालले प्रधानाध्यापक खत्रीले पदीय जिम्मेवारी भुलेर अनैतिक गतिविधिमा संलग्न भएको बताए।
खत्रीमाथि लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन नगरेको आरोप पनि लागेको छ। साउन ३१ गते वरिष्ठ शिक्षक भरत बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो।
Facebook Comments