स्थानीय तहको रिक्त जनप्रतिनिधिको विवरण माग्यो सरकारले
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।
No Author Assigned | २०८१ भदौ १४ गते ०२:३२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ।
निर्वाचन आयोगको पत्रअनुसार बुधबार मन्त्रालयले जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै भदौ १६ गतेभित्र यो विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।
मन्त्रालयले जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्न आवश्यक विवरण माग गरिएको जनाएको छ।

Facebook Comments