धरान उपमहानगर: मेयर-उपमेयर नमिल्दा बजेट आएन, काम जति ठप्प
धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) र उपप्रमुख अईन्द्र विक्रम मेघाबीचको टकरावका कारण उपहानगरपालिका बजेट शून्यताको अवस्थामा पुग्नुको साथै धरान उपमहानगरको काम कारबाही रोकिएको छ ।
No Author Assigned | २०८१ साउन ३ गते २१:३८
स्थानीय तहले असार मसान्तभित्र आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट नगरसभाबाट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि हालसम्म बजेट पारित गर्न नस्कदा धरान उपहानगरपालिका ‘बजेट शून्यता’को अवस्थामा पुगेको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) र उपप्रमुख अईन्द्र विक्रम मेघाबीचको टकरावका कारण उपहानगरपालिका बजेट शून्यताको अवस्थामा पुग्नुको साथै धरान उपमहानगरको काम कारबाही रोकिएको छ ।
धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईका अनुसार नयाँ आर्थिक वर्ष सुरु भईसके पनि बजेट पारित नहुँदा उपहानगरको काम ठप्प भएको छ । साउन १ गते आर्थिक वर्षकै दरमा व्यक्तिगत घटना दर्ताबाहेक अन्य काम केही भएको छैन ।
Facebook Comments