साताको पहिलो दिन सुनको मूल्य स्थिर, चाँदीको घट्यो

User Image Mayorsap | २०८१ माघ २० गते १४:१९
Image of storage/news/1738475533.jpg

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य भने सामान्य घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।


यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

 


Facebook Comments