पोखरा महानगरका १० सामुदायिक विद्यालयमा चिनियाँ भाषा कक्षा सञ्चालनको तयारी
मेयर धनराज आचार्यका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावाससँग भएको सम्झौतापछि भाषा कक्षाको योजना अघि बढेको हो।
No Author Assigned | २०८१ भदौ २४ गते २१:००
पोखरा महानगरपालिकाले १० सामुदायिक विद्यालयमा चिनियाँ भाषा कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। मेयर धनराज आचार्यका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावाससँग भएको सम्झौतापछि भाषा कक्षाको योजना अघि बढेको हो।
कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि अतिरिक्त समयमा सञ्चालन गरिने यो कक्षा इच्छुक विद्यार्थीले मात्र लिनेछन्। चिनियाँ भाषा सिकाउन चीनबाट १० जना स्वयंसेवी प्रशिक्षक पोखरा आइपुगेका छन्।
मेयर आचार्यले पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै चिनियाँ भाषा सिकाउने कार्यक्रम ल्याइएको बताएका छन्। आगामी दिनमा फ्रेन्च र स्पेनिस भाषा कक्षाका लागि पनि तयारी भइरहेको छ।
Facebook Comments