वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन स्थानीयको माग

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई फर्काउन माग गरेका छन्।

No Author Assigned | २०८१ भदौ २५ गते २२:५७
Image of storage/news/1725959989.jpg

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई फर्काउन माग गरेका छन्।

 

वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए। त्यसपछि कार्यवाहक अध्यक्षमार्फत वडाका काम गरिए पनि स्थानीयवासीले विकासका गतिविधि सुस्त भएको गुनासो गरेका छन्।

 

वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले योजना कार्यान्वयनमा कठिनाई भोगेका छन्। स्थानीयवासीले गत असोज ५ गते गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएर वडाध्यक्षलाई खोजी गरेर फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग गरेका थिए।

 

ज्ञापनपत्रमा जनाइएको छ कि, "जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति गैरजिम्मेवार हुँदा कसरी विकास हुन्छ? वडामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीविहीन अवस्था कस्तो हुन्छ?" उनीहरूले वडाका समस्याहरू तत्काल समाधान नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।


Facebook Comments