काठमाडौं महानगरले गत आर्थिक वर्षमा ५१ प्रतिशत बजेट खर्च

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सामाजिक विकासका क्षेत्रमा ६०.२२ प्रतिशत खर्च भएको जानकारी दिँदै, महानगरले सही गन्तव्यमा काम गरिरहेको बताए।

No Author Assigned | २०८१ भदौ २६ गते ०४:२३
Image of storage/news/1726033996.jpg

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा ५१ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।

 

 महानगरले २४ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा १२ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको हो।महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सामाजिक विकासका क्षेत्रमा ६०.२२ प्रतिशत खर्च भएको जानकारी दिँदै, महानगरले सही गन्तव्यमा काम गरिरहेको बताए।

काठमाडौं महानगरपालिकाको वार्षिक समीक्षा महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदिप परियार 

समीक्षा कार्यक्रममा विभागीय एकाइहरूले नीति, योजना तथा कार्यक्रमको कार्यान्वयनबारे प्रस्तुति दिएका थिए।


Facebook Comments