दार्मा गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘हाम्रो दार्मा’ पाठ्यक्रम
सल्यानको दार्मा गाउँपालिकाले स्थानीय आधारभूत तहका कक्षा ६–८ का विद्यार्थीहरूका लागि ‘हाम्रो दार्मा’ नामक पाठ्यक्रम तयार गरी सञ्चालनमा ल्याएको छ।
No Author Assigned | २०८१ भदौ २६ गते ०१:३६
सल्यानको दार्मा गाउँपालिकाले स्थानीय आधारभूत तहका कक्षा ६–८ का विद्यार्थीहरूका लागि ‘हाम्रो दार्मा’ नामक पाठ्यक्रम तयार गरी सञ्चालनमा ल्याएको छ। यस पाठ्यक्रममा दार्माको कला, संस्कृति, कृषि उत्पादन, रीतिरिवाज, मौलिकता, शिक्षा, जीवनोपयोगी सीप, वातावरण, र विपद् व्यवस्थापनजस्ता विषय समेटिएका छन्।
पाठ्यक्रमलाई व्यावहारिक र प्रयोगात्मक विधिबाट अध्यापन गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार यस पाठ्यक्रमले स्थानीय कला, संस्कृति र सम्पदासँग विद्यार्थीलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ।
विमोचन कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरू तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।
Facebook Comments