काशीगाउँ स्वास्थ्य चौकी पुनःनिर्माण सम्पन्न
उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको पुनःनिर्माण सम्पन्न भएको छ। गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको सो स्वास्थ्य चौकीको नयाँ छकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो।
No Author Assigned | २०८१ भदौ २७ गते २१:२४
उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको पुनःनिर्माण सम्पन्न भएको छ। गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको सो स्वास्थ्य चौकीको नयाँ छकोठे पक्की भवन निर्माण सम्पन्न भएको हो।
धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार भारतीय दूतावासको आर्थिक सहयोगमा सहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन एकाइ, पोखराको समन्वयमा भवन पुनःनिर्माण सम्पन्न भएको हो। भवन निर्माणका लागि धुलिखेल जेएल जिभी सेवासँग २०७८ माघमा ठेक्का सम्झौता गरिएको थियो।
निर्धारित समयमा काम सम्पन्न नभएपछि म्याद थप गरी आगामी माघसम्मको समयसीमा दिइएको भए पनि त्यसअघि नै काम सम्पन्न भएको सुनारले जानकारी दिए। नयाँ भवन यथाशीघ्र औपचारिक रूपमा सञ्चालनमा ल्याएर स्वास्थ्य सेवा प्रवाहको तयारी भइरहेको छ।
Facebook Comments