ललितपुर महानगरले साइकल जात्रा आयोजना गर्दै

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार सहरी क्षेत्रमा साइकल चढ्ने संस्कृतिको विकास गर्न महानगरपालिकाले साइकल जात्रा तथा ‘कोरा २०२४’ आयोजना गरेको हो।

No Author Assigned | २०८१ साउन ३ गते २२:४९
Image of storage/news/1721308279.jpg

ललितपुर महानगरपालिकाले साइकल चढ्ने संस्कृतिको विकास गर्न शनिबार साइकल जात्रा आयोजना गर्ने भएको छ।

 

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार सहरी क्षेत्रमा साइकल चढ्ने संस्कृतिको विकास गर्न महानगरपालिकाले साइकल जात्रा तथा ‘कोरा २०२४’ आयोजना गरेको हो। 


साइकल जात्रा पाटन दरबार क्षेत्रबाट चोभार, कीर्तिपुर हुँदै पुनः पाटन दरबार क्षेत्रमा आएर सकिनेछ। जात्रामा स्वस्फुर्त ढंगले मानिसहरू सहभागी हुन सक्ने छन । साथै, जात्रामा साइकल रेस प्रतियोगितासमेत राखिएको छ भने उत्कृष्टलाई महानगरले पुरस्कार पनि प्रदान गर्ने मेयर मर्हजनले बताए ।  

 

साइकल जात्रा करिब पाँच हजार मानिसको सहभागिता हुने सो जात्रा बिहान ७ः३० बजे पाटन दरबार क्षेत्रबाट सुरु हुनेछ।  

 

 


Facebook Comments