प्रतिनिधिसभा बैठक बस्दै, आज पनि राखिएन अध्यादेशको प्रस्ताव


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा दिउँसो १ः०० बजे बैठक बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने’ छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक, २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको अन्तराष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तराष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
Facebook Comments