सामाजिक सुरक्षा भत्ता भ्रष्टाचार अभियोगमा वडाध्यक्षलाई कैद र जरिवाना
मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइँटेललाई सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको अभियोगमा विशेष अदालतले ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
No Author Assigned | ११ महिना अगाडि
मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइँटेललाई सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको अभियोगमा विशेष अदालतले ९ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता लगायतका सरकारी कागजातमा किर्ते गरी भत्ता वितरण गरेको आरोपमा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रितेन्द्र थापाको इजलासले लुइँटेललाई दोषी ठहर गरेको हो। लुइँटेलले पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिमा किर्ते गरेर सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरेको अदालतले ठहर गरेको छ।
त्यसैगरी, रतुवामाई नगरपालिका वडा नं. ६ का मेघदीप पोखरेल पनि दोषी ठहर भएका छन्। उनले आफ्नी जेठी श्रीमती तुलसा देवीको नागरिकताको विवरणमा किर्ते गरी ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम प्रविष्ट गराएका थिए।
Facebook Comments