रामधुनी नगरपालिकाका इन्जिनियरविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा
रामधुनी नगरपालिकामा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोपमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा चौधरीविरुद्ध मुद्दा दर्ता गरेको हो।
No Author Assigned | २०८१ भदौ ३१ गते १४:५९
सुनसरी । रामधुनी नगरपालिकामा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएको आरोपमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा चौधरीविरुद्ध मुद्दा दर्ता गरेको हो।
चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले ठहर गरेको छ। उक्त नक्कली प्रमाणपत्रमार्फत राष्ट्रसेवकको ओहदा पाई आफूलाई फाइदा र नेपाल सरकारलाई हानि पु¥याएको आरोपमा उनीमाथि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको छ।
Facebook Comments