मनहरी गाउँपालिकाका अध्यक्षद्वारा आवासविहीन एकल महिलालाई घर निर्माण
मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधाबाट आवासविहीन एकल महिला सोनी राईलाई घर निर्माण गरी हस्तान्तरण गरेका छन्।
No Author Assigned | २०८१ असोज १ गते २२:११
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधाबाट आवासविहीन एकल महिला सोनी राईलाई घर निर्माण गरी हस्तान्तरण गरेका छन्।
मनहरी–५, बसन्तपुरकी राई लामो समयदेखि आवासविहीन अवस्थामा रहँदै आइरहेकी थिइन्। अध्यक्ष कालाखेतीले निर्वाचनका क्रममा जनतासामु गरेको प्रतिवद्धता पूरा गर्दै आफ्नो पारिश्रमिकबाट संकलन गरेको रकमबाट राईको घर बनाएका हुन्। राईका श्रीमान् नरबहादुरको करिब आठ वर्षअघि काठ काट्ने क्रममा लडेर मृत्यु भएको थियो, र उनी एक्लै बस्दै आएकी थिइन्।
कालाखेतीले उक्त घर निर्माणमा २ लाख १५ हजार रुपैयाँ खर्च भएको र आगामी दिनमा पनि समस्यामा परेका पालिकाबासीको सेवाका लागि उक्त कोषलाई निरन्तरता दिने योजना रहेको बताएका छन्।
Facebook Comments