गुराँस गाउँपालिकाले गुनासो व्यवस्थापन गर्न सुरु गर्‍यो "नमस्ते गुराँस" कार्यक्रम

गुनासो गर्न गाउँपालिकाको वेबसाइट, टोल-फ्री नम्बर १६६०८९११००० र हर्ट लाइन ९८५८०३५१४४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

No Author Assigned | २०८१ असोज ४ गते २२:३६
Image of storage/news/1726823324.jpg

दैलेख ।  गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न र समाधान गर्न "नमस्ते गुराँस" कार्यक्रम सुरु गरेको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभारम्भ गरिएको यो कार्यक्रमले गाउँपालिकाभित्रका नागरिकले घरमै बसेर गुनासो गर्न सक्ने सुविधा दिएको छ।

 

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्दै संघीयताको प्रश्न उठिरहेको बेला यस्तो पहलले पारदर्शिता र जवाफदेहिताको उदाहरण स्थापित गर्न सघाउने बताए। गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले स्थानीय सरकारको सेवा प्रभावकारी बनाउन र नागरिकका गुनासो तत्काल सम्बोधन गर्न "नमस्ते गुराँस" गुनासो व्यवस्थापन प्रणाली सुरू गरिएको जानकारी गराए।

 

गुनासो गर्न गाउँपालिकाको वेबसाइट, टोल-फ्री नम्बर १६६०८९११००० र हर्ट लाइन ९८५८०३५१४४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीयवासीले भने गुनासो व्यवस्थापन प्रणालीले प्रभावकारी नतिजा दिन नसके कार्यक्रम लोकप्रियता मात्र हुने भन्दै गुनासोको समाधानको समय सीमा पनि स्पष्ट हुनुपर्ने माग गरेका छन्।


Facebook Comments