फागुन १४ गते अर्घाखाँचीमा लोकभजन प्रतियोगिता हुने

User Image Mayorsap | २०८१ फागुन ९ गते ०४:१२
Image of storage/news/1740127408.jpg

अर्घाखाँची । धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ ।


यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए ।


संस्कृत व्याकरण र लोक भजनको उद्गमस्थल मानिने पाणिनी तपोभूमी, दुर्वाशेश्वर गुफालगायतका धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पुराउने उद्देश्यले प्रतियोगिता राखिएको उनको भनाइ छ ।


प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार तीन सय ३३, दोस्रो हुनेलाई २२ हजार दुई सय २२, तेस्रो हुनेलाई ११ हजार एक सय ११ तथा सान्त्वना हुनेलाई पाँच हजार पाँच सय ५५ प्रदान गरिने लायन्स क्लबका सचिव घनश्याम पौडेलले जानकारी दिए ।
 

धार्मिक क्षेत्रको प्रवर्द्धनका साथै भजन संरक्षणमासमेत यो प्रतियोगिता सहयोगी बन्ने आयोजकको अपेक्षा छ । अर्घाखाँचीसहित गुल्मी, पाल्पा, प्यूठान, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाबाट भजन मण्डली आउने तयारी रहेको आयोजकले जनाएको छ ।


Facebook Comments