शुभकालिका गाउँपालिकाको एक वर्षमा ६ करोडभन्दा बढी बेरुजु
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाउँपालिकाले ५३ लाख १४ हजार असुल गर्नुपर्ने, ९५ लाख ३० हजार कागजात पेश गर्नुपर्ने, र ५ करोड १७ लाख ६९ हजार नियमित गर्नुपर्ने उल्लेख गरेको छ।
No Author Assigned | २०८१ असोज १० गते २२:३७
कालीकोट । शुभकालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० मा ६ करोड ७२ लाख ६८ हजार बेरुजु निकालेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाउँपालिकाले ५३ लाख १४ हजार असुल गर्नुपर्ने, ९५ लाख ३० हजार कागजात पेश गर्नुपर्ने, र ५ करोड १७ लाख ६९ हजार नियमित गर्नुपर्ने उल्लेख गरेको छ। गाउँपालिकाका सूचना अधिकारी नवराज चौलागाईं र अन्य केही कर्मचारीहरूसँग असुल गर्नुपर्ने रकमको विषयमा प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख गरिएको छ। विभिन्न कर्मचारी र पसलहरूले गलत तरिकाले भुक्तानी लिएको भन्दै करिब १ लाख ७० हजार असुल गर्न निर्देशन दिइएको छ।
गाउँपालिकाले बाख्रा पालन समूह र कृषि फार्मलाई अनुदानको नाममा १९ लाख ८७ हजार रुपैयाँको अनियमित भुक्तानी गरेको पनि प्रतिवेदनले देखाएको छ। यस्तै, उपाध्याय महिला विशेष कार्यक्रममा २६ लाख ५८ हजार ७८८ रुपैयाँ अनियमित भएको पाइएको छ।
Facebook Comments