आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
मेयरसाप सम्पादकीय
|
२०८१ फागुन १६ गते ०७:१८
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले आज रातीदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

Facebook Comments