बागमती प्रदेशले गर्यो स्थानीय तहलाई दुई अर्ब बढीको अनुदान निकासा

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले वित्तीय समानीकरण, विशेष अनुदान, समपूरक अनुदान, र ससर्त अनुदानबापत ११९ स्थानीय तहलाई दुई अर्ब सात करोड ५४ लाख ७८ हजार रुपियाँ निकासा गरेको हो।

No Author Assigned | २०८१ असोज ११ गते १३:५५
Image of storage/news/1727415898.jpg

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका स्थानीय तहलाई प्रदान गर्नुपर्ने अनुदानको पहिलो किस्ता निकासा गरेको छ। 


प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले वित्तीय समानीकरण, विशेष अनुदान, समपूरक अनुदान, र ससर्त अनुदानबापत ११९ स्थानीय तहलाई दुई अर्ब सात करोड ५४ लाख ७८ हजार रुपियाँ निकासा गरेको हो। निकासा गर्न ढिला भए पनि अबको पहिलो किस्ताबापत स्थानीय तहहरूले रकम पाएका छन्। तर, कतिपय पालिकाले अनुदान माग नगरेको वा आवश्यक कागजात नपुगेका कारण समपूरक र विशेष अनुदान पाएका छैनन्।  


मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार विशेष अनुदान नपाउने पालिकाहरूमा जिरी, कालिञ्चोक, बिगु, नमोबुद्ध, मण्डनदेउपुर, रोसी, पाँचपोखरी थाङपाल, सुनकोशी, कालिका, आमाछोदिङ्मो, राप्ती, काठमाडौं महानगरपालिका, र ललितपुर महानगरपालिका रहेका छन्।  


त्यस्तै, समपूरक अनुदान नपाउने पालिकामा कालिञ्चोक, लिखु तामाकोशी, बाह्रबिसे, त्रिपुरासुन्दरी, राप्ती नगरपालिका, र काठमाडौं महानगरपालिका छन्।


Facebook Comments