घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत २ गते २१:१९
Image of storage/news/1742008259.jpg

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन् ।अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो । 

 

मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ । नेइमार कहिलेसम्म ठिक हुन्छन् भन्ने स्पष्ट भएको छैन ।  ​​​​​​​नेइमारले ब्राजिलका लागि अहिलेसम्म १२८ खेल खेल्दै ७९ गोल गरेका छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।  

 

नेइमारको चोटपछि ब्राजिलियन फुटबल कन्फेडेरेसनले उनको ठाउमा रियल म्याड्रिडबाट खेलिरहेका युवा खेलाडी एन्ड्रीकलाई टिममा बोलाएको छ । त्यस्तै बोर्डले म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र फ्लेमेन्गोका डानिलोलाई पनि टिमबाट बाहिर राखेको छ । उनीहरूको ठाउँमा, लियोनका गोलकिपर लुकास पेरी र फ्लेमेन्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई टिममा समावेश गरेको छ ।

 

जनवरी ट्रान्सफर विन्डोमा आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका नेइमार करिब १८ महिनापछि राष्ट्रिय टिममा फर्किएका थिए । दक्षिण अमेरिकी विश्वकप छनोट तालिकामा पाँचौं स्थानमा रहेको ब्राजिलले मार्च २१ मा घरेलु मैदानमा कोलम्बियासँग र मार्च २५ मा प्रतिद्वन्द्वी अर्जेन्टिनासँग उसको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।


Facebook Comments