स्वर्णलक्ष्मी सहकारी प्रकरण : काठमाडौं अदालतको आदेशविरुद्ध आज पुनरावेदनमा जाँदै रवि
मेयरसाप सम्पादकीय
|
२०८१ चैत ८ गते १०:३१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध आज पुनरावेदन निवेदन दर्ता गर्न उच्च अदालत पाटन जाँदैछन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको आदेशविरुद्ध उनी बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।
स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो कार्यमा संलग्न भएको आरोपमा मुछिएका लामिछानेलाई अदालतले ६० लाख धरौटीमा रिहा गर्न गत माघ २ गते आदेश दिएको थियो ।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।
Facebook Comments