देशभरका स्थानीय तहमा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
नगर प्रहरीको क्षमता विकासमा नेपाल प्रहरीले सहयोग गर्ने


काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि देशभरका स्थानीय तहमा आपत्कालीन गोदामको व्यवस्थापन गर्न पहल गरेको छ । आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित वासस्थान निर्माण, पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ, पुनः स्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरूले समन्वयात्मक रूपमा गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा मागअनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको छ । यस्तै, पछिल्लो समय बढ्दै गएको लागूऔषध दुर्व्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधलगायत सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने निर्णय भएको छ ।
प्रहरी समायोजन कार्यलाई निष्कर्षमा पुर्याउन आवश्यक कानुन परिमार्जन तथा व्यवस्थापकीय तयारी कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
Facebook Comments