आन्दोलनका कार्यक्रम तय गर्न राप्रपाको बैठक बस्दै
मेयरसाप सम्पादकीय
|
२०८१ चैत १२ गते ०७:०६
काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालले आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ । कार्यक्रम तय गर्न राप्रपाको आन्दोलन मूल समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्नेछ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको आन्दोलन मूल समितिको बैठकमा आन्दोलनका प्रस्तावित कार्यक्रम पेश हुने र कार्ययोजनाको मस्यौदाका बारेमा छलफल हुनेछ । आन्दोलनका कार्यक्रम र मस्यौदा हिजो बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको थियो ।
गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको नाम दिएको सन्देश तथा फागुन १५ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत भएपछि उत्साहित राजावादीहरू आन्दोलनका विभिन्न मोर्चा बनाउने तयारीमै रहेका छन् ।
Facebook Comments