एसइईका कारण समाजवादी मोर्चाको प्रदर्शनको समय हेरफेर

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत १४ गते ०८:४३
Image of storage/news/1743093461.jpg

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै समाजवादी मोर्चाले तय गरेको शुक्रबारको प्रदर्शनको समय हेरफेर गरिएको छ । एसइई परीक्षा ११ बजेसम्म चल्ने भएका कारण १२ बजेपछि प्रदर्शन सुरु गर्ने कार्यक्रम व्यवस्थापन सचिवालयले सूचना जारी गरी जानकारी गराएको हो । 

 

‘परीक्षामा सहभागी नानीबाबुहरुको परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालको तर्फबाट भोलि २०८१ चैत्र १५ गते भृकुटीमण्डपमा हुने कार्यक्रमको जुलुस निर्धारित स्थानबाट मोटामोटी १२ः०० बजे शुरु गर्ने तय गरिएको छ’ सूचनामा उल्लेख गरिएको छ । यसअघि शुक्रबार बिहान ११ बजे देखि प्रदर्शन गर्ने समय तोकिएको थियो ।


Facebook Comments