शुक्रबार जात्रालाई अवरोध पुर्याउने कुनै कार्यक्रम नगर्न काठमाडौं महानगरको आग्रह
मेयरसाप सम्पादकीय
|
२०८१ चैत १४ गते १२:४५
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र चैत १५ गते मनाइने पाहाँचर्हे जात्रामा अवरोध हुने गरी कुनै पनि सभा, सम्मेलन वा कार्यक्रम नगर्न अनुरोध गरेको छ ।बिहीबार साँझ एक सूचना जारी गर्दै महानगरले शुक्रबार यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका स्थानहरूमा जात्रालाई अवरोध पुर्याउने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
साथै, जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरुले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनसमेत अनुरोध गरेको छ । शुक्रबार काठमाडौंमा राजावादी र गणतन्त्रवादी समूहहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारी छ । राजावादीहरूले तिनकुनेमा सभा आयोजना गर्ने अनुमति पाएका छन् भने गणतन्त्र समर्थकहरूलाई भृकुटीमण्डपमा प्रदर्शन गर्न ठाउँ दिइएको छ।
Facebook Comments