मुख्यमन्त्री कप भलिबल : सुदूरपश्चिमसँग लुम्बिनी पराजित

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत २५ गते ०३:२९
Image of storage/news/1744035738.jpg

भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रंगशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

 

प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेट लुम्बिनीले २७–२५ अंक र २५–१४ अंकले जितेको थियो । बाँकी तीन सेट भने सुदूरपश्चिम प्रदेशले जित्यो । सुदूरपश्चिमले तेस्रो सेट २५–२३, चौथो सेट २५–२२ र अन्तिम सेट १५–११ अंकले जित्यो । मंगलबार पहिलो खेल लुम्बिनी र गण्डकी प्रदेशबीच तथा दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुने आयोजक जिल्ला भलिबल संघले जनाएको छ । 

 

प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले सहभागिता जनाएको छ । यही चैत २८ गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । 


Facebook Comments